Gurans Food Cafe & Sekuwa corner

Gurans Food Cafe & Sekuwa corner गरि खान देउ

25/06/2024

कसैले सोध्छ, के छ ? म भन्छु, ठिक छ !
म भन्न सक्दिनँ सबथोक छ ! अभाव छ,
कसैले लुट्न नसकेको तनाव छ,
गरिब हुनुको गतिलो छाप छ,
मरेका रहरहरुको श्राप छ !
के छैन म सँग, सबथोक छ !
आफन्तको घुर्काइ छ, पराईको थर्काई छ,
छाती चर्काई छ, सबथोक छ ..!!

07/05/2024

गणित जस्तै हो हाम्रो जिन्दगी ,
सबैले बुझाउन्जेल बुझे जस्तो गर्छन,
तर बास्तबमा कसैले बुझेकै हुदैनन् । ❤️❤️

आज असफल छु त्यसैले एक्लो छु, तर जुन दिन सफल हुनेछु  आशा छ...मेरा हराएका आफन्तहरू म सङ नै  हुनेछन् !!
04/05/2024

आज असफल छु त्यसैले एक्लो छु,
तर जुन दिन सफल हुनेछु आशा छ...
मेरा हराएका आफन्तहरू म सङ नै हुनेछन् !!

01/05/2024

धनी पुरुष र सुन्दर महिलाले कहिलै गल्ती गर्दैनन भन्ने मानसिकताले नै आज समाज पिछडिएको हो।

झण्डा नझुकोस हाम्रो हिमालि शिर नझुकोसन डगमगाउन तराई पहाडि छाति नफुकोसअभावैमा नि स्वनभिमानिका खुसि छरौँलगाउला धार खुकुरीम...
12/01/2024

झण्डा नझुकोस हाम्रो हिमालि शिर नझुकोस
न डगमगाउन तराई पहाडि छाति नफुकोस
अभावैमा नि स्वनभिमानिका खुसि छरौँ
लगाउला धार खुकुरीमा वीरता नलुकोस।

#पृथ्वीजयन्तीतथारास्टियएकतादिबसकोशुभकामना

दुई मिनेट समय निकालेर पढ्नु होला...एउटा रेस्टुरेन्टमा धेरै पटक देखी एकजना ब्यक्ति आउँछ र भिँडभाडको फाइदा उठाउदै खाना खाए...
26/06/2022

दुई मिनेट समय निकालेर पढ्नु होला...

एउटा रेस्टुरेन्टमा धेरै पटक देखी एकजना ब्यक्ति आउँछ र भिँडभाडको फाइदा उठाउदै खाना खाएर चुपचाप त्यहाँबाट पैसा नदिइ जान्छ । एकदिन उसले खाना खाइरहेको बेला एउटा मान्छेले लुकेर रेस्टुरेन्ट मालीकलाई भन्यो । उ त्यो खाना खाइरहेको मान्छेले खाना खान्छ र पैसा नदिइ भिँडभाडको फाइदा उठाएर बिल नतिरी जान्छ ।

उसको कुरा सुनेर रेस्टुरेन्टको मालिकले मुस्कुराउँदै भने । उसलाई केहि नभनी जान देउ, म उसको बारेमा तिमिसँग पछि कुरा गर्छु । सधैँ झैँ बिहानको खाना खाएर उसले चारैतिर हेर्यो र भिँडभाडको फाइदा उठाउदै सुटुक्क त्यहाँबाट गयो। उ गएपछि उस ब्यक्तिले रेस्टुरेन्टको मालिकलाई भन्यो । मलाई भन्नुहोस्,तपाईंले त्यो मान्छेलाई खाएको पैसा नतिरी किन जान दिनुभयो ।

रेस्टुरेन्टको मालिकले दिएको जवाफ यस्तो थियोे । तपाई एक्लैले मात्र उसको बारेमा मलाई भन्नुभएको होइन यहाँ धेरै कस्टोमरहरुले उसलाई देखेका छन् र मलाई उसको बारेमा भनेका छन् । उ रेस्टुरेन्टको नजिकै बस्छ र जब उसले रेस्टुरेन्टमा भिँड बढेको देख्छ तब उ आउँछ र चुपचाप खाना खाएर लुकिछिपी निस्कन्छ । मैले जहिले उसलाई नजरअन्दाज गरेको हुन्छु कहिले उसलाई केहि भनिन । न त कहिले उसको अपमान गर्ने कोशिश गरे किनकि मलाई लाग्छ मेरो रेस्टुरेन्टमा भिँडभाड उसको प्राथनाको कारण हुने गर्छ ।

उसले मेरो रेस्टुरेन्ट नजिकै बसेर प्राथना गर्छ कि छिटै यस रेस्टुरेन्टमा भिँडभाड होस ताकि म उनीहरु सँगसँगै भित्र जान सकुँ, खान सकुँ र त्यहाँबाट आरामले निस्कन सकुँ। साँच्चै नै उ भित्र आउँदा मेरो रेस्टुरेन्टमा सधैँ भीडभाड हुन्छ। त्यसैले यो भिड पनि उसको प्राथनाले गर्दा हुन सक्छ।

तसर्थ : हामीले कसैलाई खुवाउदै छु भनेर कहिल्यै घमण्ड गर्नु हुँदैन । के थाहा हामी आफै पनि कसैकाे भाग्यले खाइरहेका हुन्छौँ कि ।

थकालि खाना सेट गुराँसमा
16/06/2022

थकालि खाना सेट गुराँसमा

बालेनले निजी रेस्टुरेन्टहरुलाई नै सार्वजनिक शौचालय बनाउने अभियान ल्याए पछि त्यसको अभ्यास हुन थालेको छ । यो रचनात्मक क्रा...
05/06/2022

बालेनले निजी रेस्टुरेन्टहरुलाई नै सार्वजनिक शौचालय बनाउने अभियान ल्याए पछि त्यसको अभ्यास हुन थालेको छ । यो रचनात्मक क्रान्ति हो । यसलाई दिगो बनाउन प्रयोगकर्ताहरुको पनि कर्तव्य हुन्छ ।

यसका लागि प्रयोगकर्ताहरुले केहि सामान्य कुराहरु याद गरिदिए मात्रै पनि पुग्छ । जस्तै : सार्वजनिक शौचालयमा भित्तातिर वा जथाभावी पिसाब नगरिदिने, गुड्खा, चुइगम वा पान खाएर नथुकिदिने, प्यान भएको शौचालय भएमा दिसा गर्नु भन्दा पहिले पानी हालेर प्यान भिजाउने, दिसा गरिसके पछि प्यान सफा गरिदिने वा फ्लस गरिदिने, अनावश्यक धेरै मात्रामा पानी वा ट्वाइलेट पेपर प्रयोग नगरिदिने बानी गरेमा पनि शौचालय सफा राख्न धेरै सहयोगी हुन्छ ।

त्यस्तै, कम्मोड भएको सार्वजनिक शौचालय प्रयोग गर्न असाध्यै गाह्रो बनाउने कुरा हो, ढक्कन भन्दा तलको रिङ भिजेको हुनु । यसैले कम्मोड शौचालयमा यो बिचको रिङलाई मास्थिर अड्याएर मात्रै पिसाब गरिदिएमा वा प्रयोग गरिसके पछि उठाएर अड्याएर राखिदिएमा शौचालय सफा रहन्छ । र पछि आउने प्रयोगकर्तालाई अस्वस्थकर र अफ्ठ्यारो हुन्न ।

सार्वजनिक शौचालयहरुको दिगो प्रयोगका लागि माथि उल्लेखित कुराहरु हामीले गर्न सक्ने भन्दा पनि गर्नै पर्ने हुन् । यसका बारेमा सचेतना आवश्यक छ । यसैले यो पोस्ट कपि गरेर आफ्नो प्रोफाइल, पेज, ग्रुपहरुमा पोस्ट गरिदिनुहोला । क्रेडिट आवश्यक छैन ।

महशिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। ॐ न:म शिवाय 🙏🙏🙏
01/03/2022

महशिवरात्रीको पावन अवसरमा
हार्दिक मंगलमय शुभकामना।
ॐ न:म शिवाय 🙏🙏🙏

विजया दशमी २०७८ काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना!!🎉🎊
12/10/2021

विजया दशमी २०७८ काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना!!🎉🎊

Address

Waling Mode Purano Buspark
Walling
08

Telephone

+977 985-6066456

Website

Alerts

Be the first to know and let us send you an email when Gurans Food Cafe & Sekuwa corner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Gurans Food Cafe & Sekuwa corner:

Share

Category