05/06/2025
नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट एण्ड लज नेपालको स्याङ्जा जिल्ला, वालिङ नगरपालिका अन्तर्गत सिध्दार्थ राजमार्ग मिर्दी चोकको तेस्रो तलामा रहेको छ । चोकबाट चापाकोट हुँदै रामपुर कालीगण्डकी कोरिडोर २८ किलोमीटरको दुरी पक्की सडक मार्फत एक घन्टाको समयमै सजिलै पुग्न सकिन्छ । यो पोखराबाट बुटवल तर्फ आउँदा ६० किलोमीटर र बुटवलबाट पोखरा जाँदैगर्दा ९० किलोमिटर दुरीमा सिद्धार्थ राजमार्गसँग टाँसिएको छ ।
जस्तो नाम त्यस्तै प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिने यो ठाउँबाट आँखाले खामी नसकिने सुन्दरताको अद्भुत चमत्कार अवलोकन गर्न सकिन्छ । दायाँतर्फ अहिलेसम्म संसारका भौतिक मान्छेले टेक्न नसकेको माछापुच्छ्रेको चुली देखि काखसम्मको रमण गर्न सकिन्छ भने बायाँतर्फ गह्रौ शूरका टाकुरामा बयली खेल्न सकिन्छ ।
उचाइमा बाहुनथानको एक्लो चौतारी जहाँबाट पूरै वालिङका गुलाबी महलहरू छर्लङ्गै आँखै अगाडि प्रतित हुन्छन् । आधीखोलाको काखमा मौनताको अर्थ खोज्ने संसारभरका कविहरूको यहाँ जमघट हुन्छ । कविता वाचन, नेपाली भाषा र साहित्यको उन्नयनमा यसले आफ्नो स्थापनाकालदेखि नै मरिमेटेर लागिरहेको छ ।
यो ऋषिमूनिहरूको तपोवन हो जहाँ अध्यात्मको साधनाले पुर्वीय र पश्चिमा साहित्यको आत्मपरक खोज हुन्छ । यो प्रतिविम्बत पाठशाला पनि हो । यहाँबाट हिमाल, टाकुरा र रोशनीको प्रतिछायाँ आँधीखोलाको जल सतहमा साँझ परेपछि जहिलेपनि अवलोकन गर्न सकिन्छ । यो शिर्षकोट र आलमदेवीको आसिर्वाद हो जसको कल्कीमा सदैव गह्रौशूरको हात हुन्छ
आँधिखोलाको माछा, चिकन, मटन र सुध्द साहकारी भोजनको लागि प्रख्यात यो रेष्टुरेण्ट थकाली खानाको अनुपम उदाहरण हो । तपाईँहरूको सेवामा यो नयाँ भवन सहित् संलग्न सौचालय र एसी रुम पनि उपलव्ध छ । आउनुहोस्- अवलोकन गर्नुहोस्- जो कोहीले पनि परख गर्नुहुनेछ ।
नचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्ट एण्ड लज
स्याङ्जा, वालिङ-६, माझ मडै, हटिया, मिर्दी