20/05/2024
“१०० रुपैंयाको खाना खान बाईक र कार चढेर जाने ठाउंको कथा”
सुन्दा अचम्म र छक्क लाग्ने ‘१०० रुपैंयाको खाना खान बाईक र कार चढेर जाने ठाउं’ हो तपाईको ब्यस्थता र अवस्थाको साथि पोखरा फुडल्यान्डको कथा यहि हो । एक समय होईन धेरै समय हामीले पनि खाजा र चाउमीनको भरमै रात र दिन कटाउनु परथ्यो जसका ४ कारणहरु थिए ।
१.बुवा आमा वा परिवार टाढा हुनु।
२.समय ब्यस्तता हुनु
३.सधै ३००/५०० को थकाली खाना अफोर्ट गर्न नसक्नु।
४.खाना बनाउन वा जुठा भाडां धुन अल्छि लाग्नु।
त्यसैले हामीले सोच्यौं यो समस्या सायद अरु पनि धेरैको छ । अनी नुन, खोर्सानी,तेल,ग्यास, चामल, दाल, सब्जि, भाडा र स्टाप तलब सबै हिसाब गरेर १०० मै खाना खुवाउने आंट गर्यौं धेरैले साथ दिनु भयो, सरहनीय काम भन्नु भयो त थोरै खुट्टा तान्नेहरु पनि आए। नाफा होईन बस घाटा बिनै सेवा दिन पाए हु्थ्यो यतिमै असाबादि थियौं, तर कोभिडले नमज्जाले छातिमै लात हन्यो जो लातबाट अति मेहनति Member हरु गुमाउनु र बिदेशीनुको पिडा त आलै थियो अझ महंगीले घांटी निमोठ्न लाग्यो त आर्थिक मन्दिंले घुमाई घुमाई हान्यो तर यि समस्या बढद्दै थिए तर सबै समस्सयाहरुलाई ठोडै चुनौंती दिदै सृजनाचोकमा नयां शाखा बिस्तार गरियो तर पनि खेल उस्तै उस्तै र प्राय सबै भन्छन ब्यापार छैन, हामी भन्छौं देशमा मान्छे छैनन्। कस्लाई गर्नु ब्यापार ? किनकि हरेक ब्यापारको कथा र काहानी People to People हुन्छ तर ५० मै खाना दिएनी मान्छे छैन कस्ले खाने? र बांकि १०० मा खाना बिक्न गर्हो छ त अरु ब्यपारको हालत के होला? तर एक युवा ब्यावसायीको हिसाबले घाटा र नाफाको हिसाब नगरी एक केस नहिल्ली हामी तपाईको सेवामा निरन्तर छौं सम्पुर्ण फुडल्याड पुर्व र समकालीन कर्मचारीहरु सम्पुर्ण ग्राहक महानुभाव र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिनुहुने महानुभाव प्रति हार्दिक नमन। र बाकी चहानुहुन्छ फुडल्याड पोखरामा आवस्यक छ भने कृपया जानेको र चिनेको लाई पनि सेवाको लागि जान आग्रह गरिदिनुहोला । हामी कुनै नाफाको हिसाब नगरि क्षमताले भ्याए सम्म तपाईहरु संगै रहनेछौं।🙏🤗
Story. By
———Management Team———