Anudeep Krishi Farm

Anudeep Krishi Farm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anudeep Krishi Farm, Restaurant, Damak, Jhapa, Koshi Province, Kathmandu.

अनुदिप कृषि फर्म झापा जिल्लाका हरेक पालिकाका कृषकलाई जोड्दै नगदे बालीको लागि कम्तिमा एक पालिका एक अर्गानिक उत्पादनको हब बनाउने र उत्पादनको उचित मूल्य सहितको बजार व्यवस्थापन गर्ने महान अभियानमा जुटिसकेको छ । उत्पादन गर्नुस् प्रशोधन र बिक्री हामी गर्नेछौं । अनुदीप कृषि फर्मले हरेक जिल्लाका कृषकलाई जोड्दै नगदे बालीको लागि कम्तिमा एक जिल्ला एक उत्पादन (माटो र हावापानी अनुसार) को हब बनाउने र कृषकलाई कृषक मात्र बनाई कृषकको उत्पादनलाई सहकारी मोडलमा बजार व्यवस्थापन गर्ने महान अभियानमा जुटिरहेको छ ।

28/03/2026
28/03/2026

Collection

👉️Follow Page 👉️ Anudeep Krishi Farm विषय: कृषि र आत्मनिर्भरताविवरण:नेपाल कृषि प्रधान देश भए पनि तरकारी, फलफूल विदेशबाट ...
28/03/2026

👉️Follow Page 👉️ Anudeep Krishi Farm

विषय: कृषि र आत्मनिर्भरता

विवरण:
नेपाल कृषि प्रधान देश भए पनि तरकारी, फलफूल विदेशबाट आयात भइरहेका छन्।

चिन्तन:
१. जमिन बाँझो राख्ने प्रवृत्ति बढ्दो छ।
२. युवा कृषिमा आकर्षित हुन सकेका छैनन्।
३. आधुनिक प्रविधिको प्रयोग न्यून छ।
४. किसानले उचित मूल्य पाउन सकेका छैनन्।
५. बिचौलियाको प्रभाव बढी देखिन्छ।
६. किसान वा कृषकलाई हेर्ने नजर कमजोर छ ।

सुझाव:
आधुनिक खेती, सहकारी प्रणाली र बजार व्यवस्थापनमा ध्यान दिऔँ।

चेतावनी:
यदि हामीले कृषि छोड्यौं भने भविष्यमा खाद्य संकट झनै गहिरो हुन सक्छ। 🙏 तेसैले कृषक भगवान हुन् सम्मान स्वरूप लाईक, कमेन्ट र पेजलाई फलो गरौं । 🙏
👉️

यदि कृषकलाई माया गर्नुहुन्छ भने पेजलाई फलो ( ) गर्दिनु होला । हामी निरन्तर कृषिमा नयाँ कुराहरू अपडेट गरिरहनेछौं । #नगदेब...
28/03/2026

यदि कृषकलाई माया गर्नुहुन्छ भने पेजलाई फलो ( ) गर्दिनु होला । हामी निरन्तर कृषिमा नयाँ कुराहरू अपडेट गरिरहनेछौं ।

#नगदेबाली

28/03/2026

के तपाईं वहाँलाई चिन्नुहुन्छ? फोटोमा क्लु छ ।
वहाँको नाम र योगदान कमेन्ट गर्नुहोला ।
#नगदेबाली

बालेन सरकारले कृषिमा कस्तो परिवर्न ल्याउँदा किसान खुशी होलान?  #नगदेबाली
28/03/2026

बालेन सरकारले कृषिमा कस्तो परिवर्न ल्याउँदा किसान खुशी होलान?

#नगदेबाली

28/03/2026

१ विगाहा जमिनमा खाद्य बालीभन्दा बढी आम्दानी र कम स्याहारमा हुने अबको नगदे बाली के होला? जो बहुवर्षे होस् ।
#नगदेबाली

28/03/2026

Hybrid सुपारीको २००-५०० विरूवा चाहियो ।

हाम्रो कृषि फार्मलाई छिट्टै फल्ने आसामे Hybrid सुपारीको (२-३ पटक सारेको) विरुवा सहुलियत मूल्यमा चाहियो । २००-५०० विरुवा ...
28/03/2026

हाम्रो कृषि फार्मलाई छिट्टै फल्ने आसामे Hybrid सुपारीको (२-३ पटक सारेको) विरुवा सहुलियत मूल्यमा चाहियो । २००-५०० विरुवा भए सिधा सम्पर्क गर्नुहोला ।
**अन्य आवश्यक विरुवाहरुः**
१. बाह्रमासे रुख कटहर
२. मेकाडेमिया नट्स
३. एभोकाडो
४. भुईंकटहर
सम्पर्कः ९८४०४७०५५४

#सुपारी #कृषि

अलैंचीको विकल्प र पूरक बन्दै सुकमेल खेती: ओसिलो पाखो र रुखको छायाँमै फल्नेछ अब पैसा~~ पहाडी भेगका कृषकहरूका लागि आम्दानी...
27/03/2026

अलैंचीको विकल्प र पूरक बन्दै सुकमेल खेती: ओसिलो पाखो र रुखको छायाँमै फल्नेछ अब पैसा
~~ पहाडी भेगका कृषकहरूका लागि आम्दानीको एउटा नयाँ र भरपर्दो स्रोतको रूपमा 'सुकमेल खेती' उदाएको छ। "मसलाको रानी" भनेर चिनिने सुकमेल विश्वकै तेस्रो महँगो मसला हो, जसको व्यावसायिक खेतीबाट नेपाली किसानले थोरै लगानीमा मनग्गे आम्दानी गर्न सक्ने सम्भावना देखिएको छ।
विशेषगरी नेपालका पहाडी जिल्लाहरू, जहाँ अलैंची खेती गरिन्छ, त्यहाँ सुकमेलको खेती सफलतापूर्वक गर्न सकिन्छ। यसको खेतीका लागि समुन्द्र सतहबाट ६०० देखि १५०० मिटरसम्मको उचाइ र ओसिलो हावापानी सबैभन्दा उपयुक्त मानिन्छ। १० देखि ३५ डिग्री सेल्सियससम्मको तापक्रम र वार्षिक १५०० देखि २५०० मि.मि. सम्म वर्षा हुने ठाउँमा सुकमेल निकै राम्रोसँग फस्टाउँछ।
सुकमेल खेतीको एउटा रोचक पक्ष के छ भने यसलाई सिधा घाम मन पर्दैन। ५० देखि ६० प्रतिशतसम्म छहारी भएको उत्तिस वा अन्य रुखमुनिको प्रशस्त प्राङ्गारिक पदार्थ युक्त दोमट वा कालो माटोमा यसको वृद्धि राम्रो हुन्छ। नेपालमा विशेषगरी तीन जातका सुकमेल लगाउने गरिन्छ: होचो बोट हुने 'मालाबार', अग्लो र ठूला पात हुने 'मैसुर' र यी दुवैको क्रसबाट बनेको 'भजुक्का' जात।
व्यावसायिक रूपमा खेती गर्दा बिरुवाको गानो (Suckers) बाट सार्नु प्रभावकारी हुन्छ। मनसुन सुरु भएपछि असार–साउन महिनामा २-२ मिटरको दुरीमा खाडल खनेर यसलाई रोपिन्छ। खाडल तयार पार्दा ६० सेन्टिमिटरको लम्बाइ र चौडाइमा राम्रोसँग कुहिएको गोबरमल मिसाउनु पर्छ र वर्षमा दुई पटक प्रति बोट १०-१५ किलो मल दिएमा उत्पादनमा वृद्धि हुन्छ।
खेतीको हेरचाहका लागि किसानले हिउँदमा नियमित सिँचाइ गर्ने, समय–समयमा गोडमेल गर्ने र सुकेका पातहरू हटाउने कार्यमा विशेष ध्यान दिनुपर्छ। सुकमेलमा थ्रिप्स वा काण्ड प्वाल पार्ने किरा र कट्टे (Mosaic Virus) जस्ता रोगहरू लाग्न सक्छन्। यस्ता समस्या समाधानका लागि निमजन्य जैविक विषादीको प्रयोग गर्ने र रोगी बोटलाई जरैदेखि उखेलेर नष्ट गर्नाले अरु बिरुवामा संक्रमण फैलिन पाउँदैन। रोपेको २ देखि ३ वर्षमा सुकमेलले उत्पादन दिन सुरु गर्छ। यसको फल पूर्ण रूपमा पाक्नु अगावै हरियो रङमै टिप्नुपर्छ, नत्र फल फुट्ने र यसको गुणस्तर घट्ने डर हुन्छ।
आर्थिक दृष्टिकोणले हेर्दा सुकमेल खेती निकै फाइदाजनक छ। एक रोपनी जग्गाबाट वार्षिक ३० देखि ४० केजीसम्म सुकेको सुकमेल उत्पादन गर्न सकिन्छ। अहिलेको बजार मूल्य अनुसार यसको थोक मूल्य प्रति केजी १५०० देखि १८०० सम्म र खुद्रामा ३५०० सम्म पर्ने गर्दछ।
स्वास्थ्यका लागि समेत यो मुटु, पाचन र श्वासप्रश्वासका समस्या समाधान गर्न र शरीरलाई स्वस्थ राख्न निकै उपयोगी मानिन्छ। नेपालमा वर्षेनी करोडौँको सुकमेल आयात हुने गरेकोमा, स्थानीय स्तरमै यसको खेती विस्तार गर्न सके आयात प्रतिस्थापन हुनुका साथै किसानहरूको आयआर्जनमा ठूलो सुधार आउने निश्चित छ। अलैंचीसँगै सुकमेलको मिश्रित खेती गर्नु पहाडी क्षेत्रको अर्थतन्त्र बदल्ने एउटा सुनौलो अवसर हुन सक्छ।

Address

Damak, Jhapa, Koshi Province
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Anudeep Krishi Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category