13/01/2026
मिति : २०८२–०९–२९
श्री तिनधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन मिति २०८२–०९–२७ गते भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त अधिवेशनले संस्थाको भावी नीति, कार्यक्रम तथा दिगो विकासलाई सुदृढ बनाउने उद्देश्यका साथ आगामी कार्यकालका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षक समिति तथा सल्लाहकार समिति निम्नानुसार सर्वसम्मत रूपमा चयन गरेको छः
सञ्चालक समिति
अध्यक्ष : श्री निमलाल जैसी
उपाध्यक्ष : श्री चुरामणी पोख्रेल
सचिव : श्री यदु प्रसाद भुसाल
कोषाध्यक्ष : श्री प्रेमकला पौडेल
सदस्य : श्री ददिराम रेग्मी
सदस्य : श्री रक्षा खनाल
सदस्य : श्री निम प्रसाद गौतम
सदस्य : श्री लिलबहादुर दर्लामी
सदस्य : श्री जानका पोख्रेल
लेखा सुपरिवेक्षक समिति
संयोजक : श्री राधिका भुसाल
सदस्य : श्री मेघराज भट्टराई
सदस्य : श्री मित्रदेव घिमिरे
सल्लाहकार समिति
संयोजक : श्री कमल अर्याल
सदस्य : श्री पवन पोख्रेल
सदस्य : श्री यमलाल खरेल
सदस्य : श्री इन्द्रमणि सापकोटा
यसै सन्दर्भमा, मिति २०८२–०९–२९ गते संस्थाको विधान तथा प्रचलित कानुनी व्यवस्थाबमोजिम नव–निर्वाचित सम्पूर्ण समितिलाई विधिवत् रूपमा पदभार ग्रहण गराइएको छ।
संस्थाले आगामी दिनमा दुग्ध उत्पादन, गुणस्तर अभिवृद्धि, किसानको आर्थिक सशक्तीकरण तथा सहकारी मूल्य–मान्यताको प्रवर्द्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
— श्री तिनधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड